१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ब्रोकर लाइसेन्स ल्याउन र रोक्न समानान्तर दौडधुप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:o५:oo

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सलाई तत्काल रोकेर ब्रोकर लाइसेन्सको प्रक्रियालाई तीव्रता दिएपछि सञ्चालनमा रहेका ५० ब्रोकर कम्पनीहरूले सरकारलाई स्थगित गर्न दबाब दिन थालेका छन् । ब्रोकर कम्पनीहरूले नयाँ ब्रोकर लाइसेन्समा अनियमितता भएको भन्दै अर्थमन्त्री डा. प्रकाशशरणमार्फत दबाब बढाएका हुन् । ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले विनाअध्ययन लाइसेन्स दिन हतार गरिएको बताए । ‘नयाँ स्टक एक्सचेन्जमा अनियमितता भएको छ भनेर बन्द हुने, ब्रोकरमा पनि भएको छ, यसलाई छानबिन गर्न भने पनि रोक्नुपर्छ,’ उनले भने, ‘हामीले आउँदै आउनुहुँदैन भनेर भनेका होइनौँ, कुन समयमा लाइसेन्स दिन लागियो, किन लागियो भनेर अहिलेसम्म  प्रस्ट हुन सकेन ?

आवश्यकता परेको खण्डमा ब्रोकर शाखा दिएर विस्तार गर्न सकिन्छ, भोलि बजार ठूलो भएको विषयमा अलग कुरा हो ।’ 
लगानीकर्ताले पनि बुधबार नयाँ स्टक एक्सचेन्जको आवेदनलाई निरन्तरता दिन र नयाँ ब्रोकर लाइसेन्सलाई रोक्न नहुने भन्दै प्रधानमन्त्रीलाई भेटेका छन् । बुधबार सहभागी एक लगानीकर्ताले ब्रोकर लाइसेन्स पनि रोकिने संकेत पाएपछि प्रधानमन्त्रीलाई लिखित ध्यानाकर्षण गराउन गएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्समा प्रश्न उठिरहेको पाइएको र यसका लागि बुझेर अघि बढ्ने हो कि भन्ने कुरा राख्नुभयो, हामीले स्टक एक्सचेन्जलाई पनि अघि बढाउन र ब्रोकर लाइसेन्स कुनै पनि हालतमा नरोक्न चेतावनी दिएका छौँ ।’

तर, आर्थिक मन्दीको असर अझै लामो समय देखिएमा भएकै ब्रोकर कम्पनीहरू टिक्न कठिन हुने भएकाले नयाँ कम्पनीको आवश्यकता नरहेको एक ब्रोकरले बताए । ब्रोकर कम्पनी धेरै भएमा बिमा र बैंकजस्तै मर्जरमा जानुको विकल्प नभएको अहिलेको अवस्थामा ५० कम्पनी नै ठूलो भएको अर्का एक ब्रोकरले बताए । उनले भने, ‘अहिलेजति भएकै ५० ब्रोकर कम्पनी पनि धेरै भएको छ, यसमै मर्ज गरेर जानुपर्ने अवस्था आउन लागेको छ ।’

धितोपत्र बोर्डले ४६ कम्पनीको आवेदनमध्ये ४३ लाई आशयपत्र दिएको छ । ब्रोकर लाइसेन्सको आशय पाएका कम्पनीको निवेदनको विवरणलाई राम्रोसँग अध्ययन नभएको र अध्यक्षकै तजबिजले चलेको हुँदा सबैले लाइसेन्स पाएको बोर्ड स्रोतको भनाइ छ ।

तर, नयाँ ब्रोकर लाइसेन्स पाएका ब्रोकरहरू भने आक्रामक देखिएका छन् । न्यु ब्रोकर एसोसिएसनले विज्ञप्तिमार्फत नीतिगत भ्रष्टाचार भएको विषयलाई छानबिन गर्न चुनौती दिएको छ । बोर्ड अध्यक्ष रमेशकुमार हमालले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणमा कुनै गडबड नभएको दाबी गरे । 

पुँजी बजारको सेटिङ भत्काउने गरी छानबिन हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजी बजारको सेटिङबारे छानबिन हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद सर्वेन्द्रनाथ शुक्लाले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सबै खालको भ्रष्टाचार अन्त्य गर्ने पुँजी बजारको सेटिङ भत्काउने गरी छानबिन हुने बताएका हुन् । 

ad
ad