Skip This
सिद्धार्थ बैंकले आइएफसीबाट साढे पाँच करोड डलर कर्जा पाउने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o जेठ ४ बिहीबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ ४ बिहीबार o८:५२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंकले आइएफसीबाट साढे पाँच करोड डलर कर्जा पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ ४ बिहीबार o८:५२:oo

सिद्धार्थ बैंक लिमिटेडले विश्व बैंक समूहअन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी)बाट पाँच करोड ५० लाख अमेरिकी डलर ऋण पाउने भएको छ । बैंक र आइएफसीबीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरूको व्यवसायमा र जलवायु वित्तपोषण (क्लाइमेट फाइनान्सिङ)मा लगानी गर्ने सम्झौताअनुसार ऋण पाउने भएको हो । 

बैंकलाई प्रदान गरिने सो ऋण रकम आइएमएफद्वारा कुनै पनि नेपाली बैंकलाई हालसम्म प्रदान गरिएको सबैभन्दा बढी ऋण रकम भएको जनाइएको छ । यस सहकार्यसँगै बैंकले स्वच्छ ऊर्जा परियोजना, विद्युतीय सवारीसाधन, जलवायुमैत्रीपूर्ण कृषिजस्ता परियोजनामा लगानी गर्ने जनाएको छ । यसले लघु, साना तथा मझौला व्यवसाय स्थापना, सञ्चालन र प्रवद्र्धन गर्न तथा हाल नेपालको बैंकिङ प्रणालीमा कायम तरलता अभावको समस्या समाधानमा पनि केही हदसम्म टेवा पुगी अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ । 

‘डिजिटल फस्र्ट’ अभ्यास अपनाउँदै दिगो विकासलाई सधैँ प्राथमिकतामा राखी समग्र व्यापार रणनीति वातावरणमैत्री, समाजकेन्द्रित तथा सुशासन पक्षलाई ध्यानमा राखी आउने पुस्ताका लागि दिगो प्रभाव सिर्जना गर्न सधैँ प्रतिबद्ध हरेको बैंकले जनाएको छ । बैंक आइएमएफको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य पनि रहेको र हालै आयोजित १०औँ ग्लोबल ट्रेड अवार्डमा ‘बेस्ट अपरेसनल बैंक इन साउथ एसिया २०२१’ अवार्ड बाट पनि सम्मानित भएको जनाइएको छ । बैंकले हाल देशभरमा एक सय ९५ शाखा, दुई सय २३ एटिएम र एक हजार सात सयभन्दा बढी पिओएसमार्फत सेवा दिइरहेको जनाएको छ ।