मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३ बुधबार
  • Monday, 20 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ ३ बुधबार १९:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ग्यास लिक हुँदा जलेका सांसद भण्डारीले सभामुखसँग भने- ‘सदनमार्फत् जनतालाई केही कुरा सुनाउन मन छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ ३ बुधबार १९:५९:oo

सभामुख देवराज घिमिरेले ग्यास लिकपछि आगलागीबाट घाइते भएका संघीय सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। 

आज साँझ बत्तिसपुतलीस्थित निवासमा सांसद भण्डारीसँग भेट गरी सभामुख घिमिरेले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। 

त्यसक्रममा सभामुखले शीघ्र स्वास्थ्यलाभको कामना गरेको सभामुखको सचिवालयले जनाएको छ। 

भेटमा सांसद भण्डारीले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा आफ्ना केही सुझाव राख्न चाहेको बताएका थिए। 

सांसद भण्डारीले घटनापछि आफ्ना केही कुरा सदनमार्फत जनतालाई सुनाउन मन लागेको बताएका थिए। चिकित्सकको सिफारिस हुन्छ भने विशेष व्यवस्था गरेर तपाईंलाई बोल्ने व्यवस्था मिलाउँछौँ भन्ने जवाफ दिँदै सभामुखले अहिले स्वास्थ्यको राम्रो ख्याल राख्न सुझाव दिएका थिए।

गत ३ फागुनमा बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए। उनीसँगै आगोमा जलेकी आमा हरिकला भण्डारीको उपचारका क्रममा भोलिपल्ट निधन भएको थियो। 

कांग्रेस सांसद भण्डारीलाई भने थप उपचारका लागि ४ फागुनमा श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो। नेसनल बर्न्स सेन्टरमा लामो समयको उपचारपछि उनी १७ वैशाखमा काठमाडौं फर्किएका हुन्।