एमाले केन्द्रीय कमिटी बैठक आज १०:३० बाट सुरु

शुक्रबार, २९ बैशाख, २०८०
डिजिटल संस्करण

नेकपा (एमाले) केन्द्रीय कमिटीको जारी पॉचौं बैठक आज १०: ३० बाट सुरु भएको छ । ५ प्रदेशका बॉकी रिपोर्ट प्रस्तुतिपछि ८ समूहमा छलफल हुने र बैठकमा प्रदेशका तर्फबाट कार्ययोजना पेश हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

त्यसलाई एकीकृत रूप दिएर वार्षिक  कार्ययोजना बनाउन भोलि बिहान स्थायी कमिटी बैठक बस्ने र भोलि बस्ने केन्द्रीय कमिटी बैठकमा कार्ययोजना प्रस्तुत हुने पनि रिजालले जानकारी दिएका छन् ।  बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक भोलि वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ ।

See More On

सुझावित समाचार