मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख २९ शुक्रबार ११:१८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भान्सामा ग्यासको सुरक्षित प्रयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख २९ शुक्रबार ११:१८:००

हामीले भान्सामा प्रयोग गर्ने ग्यासमा अरू ग्यासभन्दा कम जोखिम हुन्छ । कहिलेकाहीँ हेलचेक्र्याइँका कारण विस्फोट भएर आगलागी हुन सक्छ । ठूलो धनजनको क्षति पनि हुन सक्छ । यसले कति क्षति गर्छ भन्न सकिन्न । त्यसैले ग्यासचुलो प्रयोग गर्दा ध्यान दिन जरुरी छ ।
- ग्यासचुलो नियमित रूपमा सरसफाइ तथा आवश्यकताअनुसार मर्मत गर्नुपर्छ । 
- नेपाल गुणस्तर चिह्न प्राप्त रेगुलेटर र ग्यासपाइप मात्रै प्रयोग गर्नुपर्छ ।
- ग्यासपाइप बढीमा १.५ मिटरभन्दा लामो हुनुहुँदैन ।
- बाहिरी भाग कडा र पाइपको बीचमा तार भएको प्रयोग गर्नुपर्छ ।
- खाना पकाउँदा आगोले चाँडै टिप्ने खालको कपडा लगाउनुहुँदैन ।
- सकेसम्म शरीर पूरै ढाकिने कपडा लगाएर खाना पकाउनुपर्छ ।
- सकेसम्म खाना पकाउँदा सुरक्षाका लागि एप्रोन प्रयोग गर्नुपर्छ ।
- ग्यासमा पानी पर्न दिनुहुँदैन । 
- ग्यास लिक भएको पाइएमा बिजुलीका स्विच अन–अफ गर्नुहुँदैन ।
- ग्यास लिक भएको अवस्थामा झ्याल–ढोका खोलेर ग्यास बाहिर जान दिनुपर्छ ।