मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० बैशाख २८ बिहीबार ०७:०१:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टाइब्रेकरमा आयोजकको हार

Read Time : < 1 मिनेट
२०८० बैशाख २८ बिहीबार ०७:०१:००

पेमा क्लब विराटनगर सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ । प्रतियोगिताको बुधबार उद्घाटन खेलमा पेमा क्लबले आयोजक धनकुटालाई टाइबे्रकरमा ४–२ ले हराएको थियो । निर्धारित ८० मिनेटको खेलमा दुवै क्लबले २–२ गोल गरेका थिए । त्यसपछि विजेताको छिनोफानो टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा विराटनगरका प्रविन राई, योनिक, रिम र प्रशान्त राईले गोल गरेका थिए । 

धनकुटाका लागि दिपेन शाक्य र मनोज राईले मात्र गोल गरे । विशाल भण्डारी र योगेश लिम्बू गोल गर्न चुक्दा आयोजक धनकुटा उद्घाटन खेलमा नै पराजित भयो । गोल्डकप फुटबल प्रतियोगितामा विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताअन्तर्गत बिहीबार राष्ट्रिय जागृति फुटबल क्लब सुनसरीले झापा फुटबल क्लबको सामना गर्ने आयोजकले जनाएको छ । 

सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाले आयोजना गरेको प्रतियोगिता २ जेठसम्म चल्नेछ । प्रतियोगितामा उपाधिका लागि आठ टोलीले प्रतिस्पर्धा गर्दै छन् । भारतको सिलगुडीस्थित कञ्चनजंगा फुटबल क्लब, प्लानिङ ब्वाइज क्लब काठमाडौं, एपिएफ काठमाडौं र वीरगन्ज युनाइटेड पनि सहभागी रहेका छन् । खेलको उद्घाटन धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले गरेका थिए ।