१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

चर्च ब्वाइज पुनः शीर्ष स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:४८:oo

चर्च ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लेको छ । एन्फा कम्प्लेक्समा बुधबार दुईपटकको साबिक विजेता मच्छिन्द्र फुटबल क्लबलाई २–१ ले हराउँदै चर्च ब्वाइज पुनः शीर्ष स्थानमा फर्किएको हो । लिगमा लगातार चौथो जित निकालेको चर्च ब्वाइजले १६ खेलबाट ३० अंक जोडेको छ । चर्च ब्वाइजले दोस्रो स्थानमा रहेको जावलाखेल युथ क्लबविरुद्ध स्पष्ट तीन अंकको अग्रता लिएको छ । 

समान खेलबाट जावलाखेलले २७ अंक हात पारेको छ । तेस्रो स्थानको थ्री स्टारको २५ अंक छ । चर्च ब्वाइजसँग पराजित भएको मच्छिन्द्रले १६ खेलमा २४ अंक जोडेको छ । मच्छिन्द्र चौथो स्थानमा छ । खेलको ४०औँ मिनेटमा अञ्जनले चर्च ब्वाइजलाई १–० को अग्रता दिलाए । कमल श्रेष्ठको फ्रिकिकमा अञ्जनले पहिलो बारमा सहजै हेडिङ गोल गरेका थिए । खेलको ६४औँ मिनेटमा मच्छिन्द्रले पेनाल्टी गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएको थियो । ओमोलाजा नुरेनले मच्छिन्द्रका लागि पेनाल्टी गोल गरेका थिए । 

उनले पेनाल्टी प्रहार गर्नुअघि मच्छिन्द्रका आन्द्रेस नियालाई पेनाल्टी क्षेत्रभित्र चर्च ब्वाइजका क्वेटे टाल्लाले लडाएका थिए । खेलको ७१औँ मिनेटमा चर्च ब्वाइजले आत्मघाती गोलको उपहार पाउँदा खेलमा २–१ को अग्रता लियो । कमल श्रेष्ठको कर्नर प्रहारमा मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारीले बल समाउने क्रममा आफ्नै पोस्टभित्र छिराए । 

एपिएफको सानदार जित 
दशरथ रंशगालामा विभागीय डर्बी खेलमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि ३–० को सानदार जित निकालेको छ । एपिएफका लागि अर्मान्डले खेलको ४० मिनेटमा १–० को अग्रता गोल गरेका थिए । खेलको ५६औँ मिनेटमा आवास लामिछानेले एपिएफलाई २–० को स्थितिमा राखे । खेलको ६२औँ मिनेटमा नवीन लामाले एपिएफलाई ३–० को बलियो स्थितिमा राखे । जितसँगै एपिएफ आर्मीलाई पछि पार्दै अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । एपिएफले १६ खेलबाट २२ अंक जोडेको छ । सातौँ स्थानमा सीमित भएको आर्मीको २१ अंक छ । 

ad
ad