१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार ११:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली

विषालु सर्पले टोकेमा...

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:५९:oo

गर्मी मौसममा सर्पदंशका घटना बढ्ने गरेको छ । विषालु सर्पको टोकाइबाट घाइते भएका कतिपय मानिसको समयमै उपचार नपाउँदा मृत्युसमेत हुने गरेको छ । 

विषालु सर्प कस्तो हुन्छ ?
नेपालमा सर्पका धेरै प्रजाति पाइन्छन् । तीमध्ये १८ प्रकारका सर्प विषालु रहेको पाइएको छ । कोब्रा र करेट जातका सर्प बढी विषालु हुन्छन् । सर्प गर्मीमा जमिनभित्र बस्न सक्दैन र बाहिर निस्कने गर्दछ । यो समयमा आफ्नो आहार खोज्दै मानिस बस्ने ठाउँसम्म सर्प आइपुग्छ । विशेषगरी, किरा–मुसा भएको ठाउँमा सर्प धेरै आउने गर्छ । 

विषालु सर्पले टोकेको कसरी चिन्ने ? 
विषालु सर्पले टोकेमा मल्टिपल पङ्चर र डबल पङ्चर हुन्छ । दुईवटा पङ्चर मार्क छ भने विषालु सर्पले टोकेको भनेर बुझ्नुपर्छ । एउटै मार्क छ भने त्यो सर्प विषालु हुँदैन । कहाँनेर टोक्यो, टोकाइ कस्तो किसिमको छ, त्यस आधारमा पनि छुट्याउन सकिन्छ । 

कस्तो असर पुर्‍याउँछ ?
विषालु सर्पको टोकाइले हाम्रो शरीरमा विभिन्न असर पुग्छ । न्युरो टक्सिट, हेमोरेजिक पोइजन, साइटो टक्सिटलगायत शरीरमा प्रवेश गर्दा विभिन्न रियाक्सन देखिन्छन् । 

हेमोरेजिक पोइजन : रगतलाई पातलो बनाउँछ । रक्तसञ्चार बिग्रिएर शरीरको जुनसुकै भागबाट पनि रगत बग्छ । 

न्युरो टक्सिट : यसले शरीरको नसालाई असर गर्छ । प्यारालाइसिस हुने हुन्छ । यो बढ्दै जाँदा श्वासप्रश्वासमा समस्या आउँछ र मानिसको ज्यान जान सक्छ । 

साइटो टक्सिट : विषालु सर्पले जहाँ टोक्यो, त्यहाँको मासु बिस्तारै सुन्निदै जान्छ । टोकेको भागमा घाउ भएर आउँछ । 

के गर्ने, के नगर्ने ?
- आत्तिनु हुँदैन । 
- टोकेको ठाउँमा साबुनपानीले धुने, तर धेरै नचलाउने । 
- सर्पले औँला, हातमा टोकेको अवस्थामा औँठी, बाला, चुरा लगाइएको छ भने फुकाल्ने । 
- सर्पले टोकेको भागमा चक्कुले काटेर रगत बगाउने, चुस्ने, टोकेको ठाउँभन्दा माथि कपडा बाँध्ने गर्नुहुँदैन । 
- नजिकैको सर्पदंश उपचार केन्द्रमा जाने । टिटी सुई लगाउने । चिकित्सकको परामर्शअनुसार औषधि उपचार गर्ने । उपचार केन्द्रमा एन्टिस्नेक भेनम नामक विष मार्ने सुई लगाउने । जथाभावी औषधि उपचार नगर्ने । 
- कस्तो सर्पले टोकेको हो भनेर निक्र्योल गर्न सकियो भने उपचार सहज हुन्छ । आफूसँग मोबाइल छ र सकिन्छ भने फोटो खिच्ने । 
- सर्पको बिगबिगी हुने ठाउँमा नजाने । झाडीमा जानुपर्दा बुट, हातमा पन्जासहित सुरक्षाका सामग्री प्रयोग गरेर मात्रै जाने । 

ad
ad