
हालै नयाँ कार्यसमिति पाएको नेपाल उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ । महासंघले मंगलबार विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरूको संलग्नतामा उच्चस्तरीय विज्ञ समूह गठन गरेको हो ।
अर्थतन्त्रमा निजी क्षेत्रको भूूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह–सुुझाव लिने उद्देश्यसहित महासंघले मंगलबार उक्त कमिटी गठन गरेको हो । उक्त समूहमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल, आयोगका पूर्वसदस्य डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्वसचिव पुरुषोत्तम ओझा र शिशिरकुमार ढुंगाना, अर्थविद्हरू केशव आचार्य र डा. कल्पना खनाल रहेका छन् ।
विज्ञ समूहको पहिलो बैठक मंगलबार महासंघको सचिवालयमा बस्यो । विज्ञ समूहको गठनबाट महासंघका सल्लाह–सुुझावलाई प्रभावकारी रूपमा सरकारमा पेस गर्न थप सहयोग पुुग्ने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वास व्यक्त गरे । पहिलो बैठकमा वर्तमान आर्थिक अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्दीय बैंक र सरकारले निजी क्षेत्रको विश्वास बढाउनुुपर्नेमा जोड दिइएको छ ।