१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका सिन्धुली
२o८१ बैशाख २३ आइतबार ११:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुलीमा कार दुर्घटना हुँदा दुईको मृत्यु, एक गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुली
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:५४:oo

सिन्धुलीमा आइतबार बिहान भएको कार दुर्घटना दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजन गम्भीर घाइते भएका छन्। कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा उक्त कार दुर्घटना हो।

काठमाडौंबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५ नंको रातो ग्रेटवाल कार दुर्घटनामा कार चालक झापा चारपाने बस्ने ४३ वर्षीय कुमार पुरी र साविक सिन्धुलीको कपिलाकोट घर भई हाल काठमाडौं महानगरपालिका गौरीघाट बस्ने ३८ वर्षीया साहारा प्रसाईँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए। 

उनका अनुसार प्यूठानको प्यूठान नगरपालिका–८ का ३३ वर्षीय योगेन्द्र थापा गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। कार अनियन्त्रित भइ सडकबाट बायाँतर्फ २० मिटर तल भिरमा खसेको थियो। रासस 

ad
ad