१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जापानी विदेशमन्त्री आज नेपाल आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:o७:oo

जापानका विदेशमन्त्री योको कामीकावा आइतबार नेपाल भ्रमणमा आउँदै छिन् । जापानबाट पाँच वर्षपछि विदेशमन्त्रीको भ्रमण हुन लागेको हो । कामीकावा माडागास्कार, आइभोरिकोस्ट, नाइजेरिया र फ्रान्स हुँदै श्रीलंकापछि नेपाल आउन लागेकी हुन् ।

विदेशमन्त्री कामीकावाले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले आइतबारै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग द्विपक्षीय औपचारिक वार्ता गर्नेेछिन् ।

परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्रीको भ्रमणमा दुई देशबीच सम्बन्धका सबै पक्षमा छलफल हुने जनाएको छ । ‘औपचारिक वार्तामा नेपाल जापान सम्बन्धका सबै पक्षबारे पुनरावलोकन हुनेछ । द्विपक्षीय सहयोग र सहकार्यका विषयमा छलफल हुन्छ । अन्तर्राष्ट्रिय मञ्चमा पनि सहयोग आदान–प्रदानबारे कुराकानी हुनेछ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भने, ‘जापान हाम्रो विश्वासिलो विकास साझेदार र मित्र हो । दुई वर्षपछि अतिकम विकसित अवस्थाबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा हामीलाई अनुदान र ऋण सहयोग निरन्तर रहोस् भन्ने राख्नेछौँ ।’

 

ad
ad