१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १६:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगद्वारा उजुरी आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:४७:oo

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले पीडितहरूसँग उजुरी आह्वान गरेको छ । ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयबाट उजुरी गर्न सकिने आयोगले जनाएको छ । 

उजुरीलाई व्यवस्थित गर्न सबै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजपीडित सहायता कक्ष स्थापना गरिएको छ । जहाँ कर्मचारीले नै निवेदन फारम भराइदिने आयोगले जनाएको छ । १७ देखि ३१ वैशाखसम्म उजुरी दिन आयोगले आग्रह गरेको छ । 

एक वर्षअघि पनि सरकारले पीडितहरूसँग उजुरी मागेको थियो । त्यतिवेला करिब तीन हजार उजुरी परेका थिए । यसपटक उजुरीलाई सुरुमै वर्गीकरण हुने गरी निवेदनको ढाँचा तयार गरिएको छ । उजुरीलाई सुरुमै वर्गीकरण गरेर त्यहीअनुसार छानबिनअघि बढाइने आयोगका सदस्य उत्तमराज सुवेदीले जानकारी दिए । 

गत २० चैतमा सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो । हाल आयोगका पदाधिकारीले गृह मन्त्रालयमै बसेर पुराना प्रतिवेदनहरूको अध्ययन गरिरहेका छन् ।

आगामी १७ वैशाखदेखि जनकपुरमा कार्यालय स्थापना गरी काम सुरु गरिने आयोगले जनाएको छ । जनकपुरको हुलाक कार्यालयमा आयोगको कार्यालय राख्न लागिएको छ । 

मिटरब्याजपीडितहरूसँग भएको सम्झौताअनुसार सो आयोग गठन भएको हो । तर, पीडितको अर्काे समूह आयोगले न्याय दिनेमा विश्वस्त नभई तीन सातादेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।

ad
ad