केएल दुगड समूहका प्रबन्ध निर्देशक कुमुद दुगड सम्मानित भएका छन् । निर्देशक दुगडलाई राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित गरेका हुन् ।
देशको समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उद्योगी तथा समाजसेवी दुगडलाई उक्त मानपदवी प्रदान गरिएको केएल दुगड समूहले जनाएको छ । दुगडको अग्रसरतामा कृषिलाई व्यवसायीकरण र औद्योगिकीकरण गर्नेतर्फ कृषकलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग–व्यवसायमा विशिष्ट योगदान पुर्याउँदै आएको जनाइएको छ ।
त्यस्तै, उपभोक्ताको स्वास्थ्य सुरक्षाको हकहित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग–व्यवसायको विकास गर्दै आएको समूहको दाबी छ ।