विषयवस्तु र नियमावलीमा आधारित भएर अभिव्यक्ति दिन सांसदलाई सभामुखकाे आग्रह

आइतबार, ३ बैशाख, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीमा आधारित भएर संसदमा आफ्नो अभिव्यक्ति दिन सांसदलाई आग्रह गरेका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकको सुरुमै उनले विषयवस्तु र प्रतिनिधिसभा नियमावलीमा आधारित भएर आफ्ना भनाइ राख्न सांसदलाई सचेत गराएका हुन्। 

सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरू, विषयमा आधारित भएर माननीय सदस्यहरूले खासगरी नियमावलीमा आधारित भएर आफ्नो अभिव्यक्ति दिनुहुनेछ।’

सांसदहरूले आकस्मिक समय, शून्य समय र विशेष समयमा बोल्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमै गरिएको हुन्छ । सोहीअनुसार सांसदहरूले संसदमा आफ्ना अभिव्यक्ति दिनुपर्ने सभामुख घिमिरेको भनाइ थियो। 

सुझावित समाचार