जबर्जस्ती करणीको जाहेरी दर्ता गर्न घुस लिएका असइ रंगेहात पक्राउ

बिहिबार, ३० चैत, २०७९
डिजिटल संस्करण

जबर्जस्ती करणीसम्बन्धी जाहेरी दर्ता गरिदिएबापत नौ हजार घुस लिने असइ रंगेहात पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग नौ हजार घुस लिएका सिराहास्थित इलाका प्रहरी कार्यालय मिर्चैयाका असइ सचिनकुमार भदैसवारलाई रंगेहात पक्राउ गरेको हो। 

नियन्त्रणमा लिएर उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सुझावित समाचार