
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) स्थापनाको सय वर्ष पुगेको अवसरमा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले सगरमाथा आरोहण गर्ने भएका छन्।
नेपाल सरकार, इन्टरपोल र नेपाल प्रहरीको झन्डा लिएर उनले सगरमाथा आरोहण गर्न लागेका हुन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले उनलाई आरोहण अनुमतिमा लाग्ने सलामी दस्तुर छुट दिने निर्णय गरेको छ।
सन् १९२३ मा स्थापना भएको इन्टरपोलको नेपाल १००औँ सदस्य राष्ट्र हो। सन् १९६७ मा नेपाल इन्टरपोलको सदस्य भएको हो। स्थापनाको सय वर्ष मनाउने क्रममा नेपाल प्रहरीले इन्टरपोलसहितको झन्डा सगरमाथामा फहराउन लागेको हो।