मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत २४ शुक्रबार ११:२३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तुलसीपुरमा १६ वर्षीया किशोरी बलात्कृत 

Read Time : < 1 मिनेट
२०७९ चैत २४ शुक्रबार ११:२३:००

दाङ तुलसीपुरमा एक किशोरी बलात्कृत भएकी छिन् । तुलसीपुर– १८ स्थित डुरुवा खोलामा १६ वर्षकी एक किशोरीलाई चैत १६ गते रातको ८ बजे बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका– २ दमाचौरनिवासी २१ वर्षका लक्ष्मण विकले बलात्कार गरेको प्रहरीले बताएको छ । 

जाहेरी भने बिहीबार आएको हो । जाहेरी आएपछि सल्यान प्रहरीलाई समेत खबर गरेर आरोपीको खोजी कार्य जारी राखेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए । 

केही दिनअघि मात्रै शान्तिनगर– ७ स्थित शिवशक्ति मावि धनौरीका शिक्षकले एसइई दिने छात्रामाथि करणी गरेको उजुरी परेको थियो । तर, ती शिक्षक अझै पक्राउ पर्न सकेका छैनन् ।