१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

बन्चरेडाँडाको फोहोर अवलोकन गर्न संसदीय समिति पठाऊँ : सांसद पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:१५:oo

एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले बन्चरेडाँडामा फालिएको फोहोर अवलोकनका लागि संसदीय टोली पठाउन माग गरेका छन्। 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बन्चरेडाँडामा व्यवस्थित रूपमा फोहोर फाल्ने भनिए पनि अव्यवस्थित रूपमा फोहोर फालिँदा झनै किचलो बन्दै गएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराएका हुन्। 

उनले त्यहाँका समस्या समाधानका लागि संसदीय समिति बनाई एक टोली त्यहाँको निरीक्षण र अवलोकनका लागि जानुपर्ने बताए। 

वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्ने भनेर बनाइएको पोखरीमा पनि अहिले फोहोरको डंगुर भरिएकोप्रति आपत्ति जनाउँदै उनले स्थानीयहरू घरमा बस्नै नसक्ने अवस्था रहेकोप्रति सचेत गराए।
 
सांसद पाण्डेले समस्या समाधानको माग गर्दा सरकारले प्रहरी प्रशासन लगाएर स्थानीयमाथि ज्यादती गरेकोमा आपत्ति जनाए। उक्त क्षेत्र हवाई रुट भएकाले पनि दुर्घटना निम्तिन सक्ने भन्दै त्यसतर्फ सचेत रहन उनले आग्रह गरे।  

ad
ad