१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य प्रिन्ट संस्करण

शिक्षाविद् गौतमको आत्मकथा लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:५९:oo

शिक्षाविद् रमेशप्रसाद गौतमको आत्मकथा ‘मेरो अतीत मेरो अनुभव’ पुस्तक लोकार्पण गरिएको छ । ९५ शीर्षकमा विभाजित सो पुस्तकमा लेखकले परोपकार मावि, पद्मोदय मावि, दरबार हाई स्कुल, महेन्द्ररत्न क्याम्पस, काठमाडौं शिक्षा क्याम्पसलगायतका शैक्षिक संस्थामा अध्यापन गर्दा बटुलेका अनुभव समेटेका छन् । सिन्धुली, भक्तपुर, नुवाकोट, कास्कीलगायतका जिल्लामा शिक्षा अधिकारी भएर काम गर्दाको अनुभव पनि कृतिमा समेटिएको छ ।

मंगलबार पद्मोदय माविको सभाहलमा प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाको प्रमुख आतिथ्यमा पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुंगानाले शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा नेपाल अल्पविकसित मुलुक बनिरहन बाध्य भएको बताए । समाज रूपान्तरण नगरी देश विकास गर्न नसकिने भएकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले शैक्षिक जागरण र शैक्षिक प्रवद्र्धनमा गौतमको पुस्तक उपयोगी हुने बताए । त्रिविका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमाले शिक्षा क्षेत्रमा समर्पित स्रष्टाको कृति भएकाले यो पुस्तक धेरैका लागि उपयोगी हुने बताए । समारोहका सभापति प्रा. पुरुषोत्तम दाहालले गौतमले आफ्ना अनुभवहरू कृतिमा समेटेको बताए । कृतिको समीक्षा गर्दै डा. जनकराज भट्टले शिक्षा क्षेत्रमा लाग्नेहरूले यो पुस्तक पढ्नैपर्ने बताए । 

ad
ad