१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २२ बुधबार १५:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘उपनिर्वाचनमा उपेन्द्रको जित सुनिश्चित छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २२ बुधबार १५:५१:००

जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुने बताएका छन्। उपनिर्वाचनबारे बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त कुरा बताएका छन्।

‘उपेन्द्र यादवले संघीयता र समानुपातिक समावेशिताको मुद्दालाई स्थापित गराए । यिनले मुलुकको परिवर्तनका खातिर जेलजीवन व्यतित गरेका छन्। राजनीतिक मुद्दा खेपेका छन्।  यिनी जनताको खातिर आफूलाई समर्पित गरेका एक अथक योद्धा हुन्,’ बस्नेतले भने।

उनी परिवर्तन, जनताको सुख, समृद्धि र मुलुकको हितका लागि चिन्तन गरिरहने एक राजनीतिक चिन्तक हुन् । मधेस र पहाडलाई भावनात्मक रूपमा जोड्ने काममा उनको महत्वपूर्ण योगदान रहेको उनले बताए। 

बस्नेतले नेपालको राजनीतिलाई उपेन्द्र यादव चाहिने र उपनिर्वाचनमा यादवको सहजै जित हुने दाबी गरे।