Skip This
नियमविपरीत बाहिरका पम्पले पेट्रोलियम बिक्री गरेकोप्रति पहाडी जिल्लाका व्यवसायीको आपत्ति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १९ आइतबार
  • Saturday, 27 July, 2024
२o७९ चैत १९ आइतबार १३:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नियमविपरीत बाहिरका पम्पले पेट्रोलियम बिक्री गरेकोप्रति पहाडी जिल्लाका व्यवसायीको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १९ आइतबार १३:५१:oo

कोसी प्रदेशका पहाडी जिल्लाका आयोजनाहरूलाई जिल्लाबाहिरका पेट्रोल पम्पहरूले अवैध रूपमा पेट्रोलियम पदार्थ बेचेको भन्दै यहाँका पेट्रोल पम्प व्यवसायीहरूले विरोध गरेका छन।

प्रदेशका पहाडी क्षेत्रमा सञ्चालित आयोजनाहरूमा इटहरी, धरान, विराटनगर, अमलेखगन्ज, वीरगन्ज, बुटवल, हेटौँडालगायतका पेट्रोल पम्पहरूले अवैध रूपमा पेट्रोलियम पदार्थ ढुवानी गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्। पहाडी पेट्रोलियम व्यवसायी एसोसिएसनले धनकुटामा आइतबार पत्रकार सम्मेलन गर्दै जिल्ला बाहिरका पम्पहरूले जथाभावी अवैध रूपमा पेट्रोलियम पदार्थ ढुवानी गर्दा यस क्षेत्रका पेट्रोल पम्पहरू धराशयी बन्दै गएको जनाएको छ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको ढुवानी गर्ने सम्बन्धमा ट्यांकरहरूले निगमबाट बिलिङ भएअनुसारको विक्रेताहरूकोमा मात्र पेट्रोलियम पदार्थ डेलिभरी गर्नुपर्ने व्यवस्था गरेको छ। तर, पम्पहरूले जथाभावी तेल बिक्री गर्दा निगमलाई समेत राजस्व घाटा हुने पहाडी पेट्रोलियम व्यवसायी एसोसिएसनका अध्यक्ष अनिस राईले बताए।

निगमलाई आफ्नो नियम कार्यान्वयन भए–नभएको निगरानी गर्नसमेत एसोसिएसनले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। ‘स्थानीय प्रशासन र नेपाल आयल निगमले यस्ता विषयमा निगरानी बढाउँदै यस्ता गलत प्रवृत्ति रोकेर त्यस्ता पेट्रोल पम्पहरूलाई तत्काल कारबाही नगरेमा पहाडी क्षेत्रका सबै पेट्रोल पम्पहरू बन्द गरी प्रशासनलाई चाबी बुझाएर आन्दोलनमा जान बाध्य हुने चेतावनी दिन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ।