मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १४ आइतबार
  • Sunday, 28 May, 2023
अनामनगरस्थित तमु बौद्ध सेवा समितिको हलमा बसेका मिटरब्याजपीडित । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्र
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १७ शुक्रबार १४:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिटरब्याजपीडितलाई आज बेलुकीसम्म प्रधानमन्त्रीले भेट्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १७ शुक्रबार १४:३९:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मिटरब्याजपीडितहरूलाई भेट्ने भएका छन् । शुक्रबार गृह मन्त्रालयमा भएको मिटरब्याजपीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले आज बेलुकासम्म पीडितहरूलाई भेट्न लागेका हुन् ।

मन्त्रालयमा भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मिटरब्याजपीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले प्रधानमन्त्रीले आज साँझसम्म पीडित बसेकै स्थानमा पुगेर भेट गर्ने जानकारी आएको बताए । सरकारसँगको छलफल सकारात्मक रूपमा अघि बढिरहेको उनको भनाइ छ ।

संघर्ष समितिले तमसुक व्यवस्था खारेज गर्न, चेक वा तमसुकबाट लेनदेनको मुद्दा दर्ता भएपछि सम्पत्तिको स्राेत खोजी गरी कानुन निर्माण गर्न, साहुकारहरूको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुने व्यवस्था गर्न वा जसले आफ्नो सम्पत्ति ठगी गरेको दाबी गर्छ उसकै नाममा फिर्ता हुने कानुनी व्यवस्था गर्न माग गरेको छ ।

त्यस्तै, पीडक साहुकारमाथि ठगी र विश्वसघातका मुद्दा दर्ता सहज ढंगबाट हुने व्यवस्था गर्न, अदालतबाट पक्राउ पुर्जी काटेको हकमा उल्लेखित प्रक्रिया पूरा भएपछि मात्र कार्यान्वयनमा जाने व्यवस्था गर्न, तमसुकका आधारमा अदालतमा चलाइएको मुद्दा तत्काल स्थगन गर्न, बैंकहरूबाट सहज र सरल रूपमा कर्जा पाउने व्यवस्था गर्न, वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि सरकारको ग्यारेन्टीमा बैंकबाट सरल र सहज कर्जाको व्यवस्था गर्न माग गरिएको छ ।

यससम्बन्धी आवश्यक कानुन निर्माण गरी राजपत्रमा प्रकाशित नगरेसम्म र अधिकारसम्पन्न आयोग गठन नगरेसम्म आन्दोलन जारी रहने संघर्ष समितिको चेतावनी छ ।