मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १७ शुक्रबार १०:४३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल–इटाली उवासंघको अध्यक्षमा अग्रवाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १७ शुक्रबार १०:४३:००

नेपाल–इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी सञ्जय अग्रवाल चयन भएका छन् । काठमाडौंमा सम्पन्न संघको नवौँ वार्षिक साधारणसभाले अग्रवालको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । 

संघको संरक्षकमा राजेशकाजी श्रेष्ठ तथा मानार्थ सदस्यमा ध्रुवकुमार श्रेष्ठ चयन भएको जनाइएको छ । त्यस्तै, कार्यसमितिको निवर्तमान अध्यक्षमा नवराज ढकाल र वरिष्ठ उपाध्यक्षमा अरनिको राजभण्डारी निर्वाचित भएको संघले जनाएको छ । संघका दुई उपाध्यक्षमा नीरज श्रेष्ठ र मनोज ज्ञवाली तथा महासचिवमा तीर्थबहादुर रोका, कोषाध्यक्षमा पवन अग्रवाल र दुई सचिवमा रोमनाथ घिमिरे तथा मनोज श्रेष्ठ बडेल निर्वाचित भएको जनाइएको छ ।

कार्यसमिति सदस्यहरूमा अरुण केसी, अन्ना मारिया, बसुमाया तामाङ, विणा प्याकुरेल श्रेष्ठ, भुवनेश्वर फैँजू, विनोद सग्तानी र वीरेन्द्र शाही चयन भएको जनाइएको छ । संघका अन्य सदस्यहरूमा किसान सुनार, किशोर भट्टराई, साम्बा लामा, सञ्जय अग्रवाल सर्राफ, सारिक बोगटी, शम्भु लामा, सुमित धानुका, सुशील जैन, सुभाषविक्रम शाह र युगेशबादे श्रेष्ठ निर्वाचित भएको संघले जनाएको छ ।  

नवनिर्वाचित कार्यसमितिले नेपाल र इटालीबीच व्यापार, लगानी, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य लिएको जनाइएको छ । नेपाल र इटालीबीच व्यापार घाटा कम गर्न, नेपाली वस्तुको निकासी बढाउन पहल गर्ने संघले जनाएको छ । संघको साधारणसभालार्ई गत साता उपप्रधान तथा भौतिक पूर्वाधार र यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए ।