१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १७ शुक्रबार ०८:२८:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

डा. शेरबहादुर पुनलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १७ शुक्रबार ०८:२८:००

पछिल्ला दिनमा कोभिडको नयाँ संक्रमण निकै बढेको हो र ? 
तथ्यांकले त्यस्तो देखाउँदैन । नेपालमा अलि कडा समस्या नभई परीक्षण गराउने चलन कमै छ । त्यसैले, संक्रमण रफ्तारमा बढेको नदेखिएको पनि हुन सक्छ । तर, छिमेकी भारतमा संक्रमण बढेका समाचार आइरहेको हुनाले हामी पनि सचेत भने हुनुपर्ने देखिन्छ । संक्रमण दर बढे पनि खोपका कारण विगतको तुलनामा मानवीय क्षति हुने सम्भावना भने त्यति देखिन्न । 

अहिले देखिएको संक्रमण पुरानै भेरियन्टको हो कि नयाँको ?
सम्बन्धित निकायले अध्ययन गरेर पुष्टि नगरी यसै भन्न सकिन्न । भारतको संक्रमणको सीधा प्रभाव यहाँ पनि देखिन्छ । विगतदेखि नै ओभिक्रोनका १७ भेरियन्ट घुमिरहेको हुनाले तिनैबाट नयाँ भेरियन्टको विकास नहोला भन्न सकिन्न । फेरि तेस्रो मुलुकबाट पनि आवतजावत चलिरहेको हुनाले त्यहाँबाट पनि नयाँ भेरियन्ट आउन सक्छ । 

संक्रमण बढ्दै गएमा बुस्टर डोजसम्म खोप लगाएकाहरूलाई कति जोखिम हुन्छ ?
हामीकहाँ खोप लगाउनेको संख्या उच्च छ । पूर्ण मात्रा खोप लगाउनेको संख्या कुल जनसंख्याको ७५ प्रतिशतभन्दा माथि पुगिसकेको छ । यस्तो अवस्थामा पहिलेजस्तो जोखिम पक्कै नहोला । पहिले खोप नपाएर तड्पिनुपर्ने अवस्था भएकाले धेरैको ज्यान गएको हो । तर, खोप लगाइहालेको छु भनेर निस्फिक्री हुन भने मिल्दैन । सम्भव भएसम्मका सतर्कता सबैले अपनाउनु नै बुद्धिमानी ठहर्छ ।