१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १५ बुधबार
  • Friday, 09 May, 2025
२o७९ चैत १५ बुधबार ११:२८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मध्यमार्गद्वारा कृषकलाई ७० लाखबराबरको कृषि यन्त्र विरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १५ बुधबार ११:२८:oo

काभ्रे जिल्लाको पनौती नगरपालिका– ८ मा सञ्चालित मध्यमार्ग कृषि सहकारी संस्थाले पनौती– ४ र ८ का कृषकहरूलाई ७० लाखबराबरको आधुनिक कृषि यन्त्र वितरण गरेको छ। कृषि ज्ञान केन्द्र काभ्रेको ५० प्रतिशत अनुदानमा यन्त्र वितरण गरेको हो।

बुधबार एक कार्यक्रमबीच उक्त यन्त्र कृषकलाई वितरण गरेका हुन्। उक्त कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले परम्परागत कृषि व्यवसायलाई आधुनिकीकरणमा बदलेर आम्दानी वृद्धि गर्नुपर्ने बताए।

आधुनिक कृषि व्यवसायले आम्दानी वृद्धि गरी कृषकको आर्थिक रूपले सक्षम बनाउने भण्डारीको भनाइ छ। कृषकको आर्थिक उपार्जन वृद्धिका लागि कृषि शाखामार्फत नगरले विभिन्न कार्यक्रम ल्याएकाले नगरपालिकासँग सहकार्य गर्न भण्डारीले कृषकलाई आग्रह गरे।

सहकारीले १५ जना कृषकलाई हातेट्राक्टर, सयजना कृषकलाई विषादी छर्ने स्प्रे, हजारजनालाई प्लास्टिक टनेल र १० जनालाई मल्चिङ वितरण गरेको सहकारी संस्थाका अध्यक्ष प्रदिप केसीले जानकारी दिए। 

७० लाखबराबरको कृषि सामग्री कृषकलाई वितरण गरेको केसीले बताए। सबै कृषकलाई ५० प्रतिशत अनुदानमा सामग्री वितरण गरेको उनको भनाइ छ। 

‘कृषि सामग्रीमा कृषकको पनि लगानी पर्दा माया हुने भएकाले ५० प्रतिशत कृषकबाट रकम बुझेका हौँ,’ सहकारीका अध्यक्ष केसीले भने, ‘५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्दा दुरुपयोग पनि नहुने र परम्परागत खेतीलाई आधुनिक खेतीमा परिवर्तन गर्न पनि सकिनेछ।’

कृषि सामग्री वितरण कार्यक्रममा नगरपालिकाका उपप्रमुख गीता बञ्जरा, वडा नं. ८ का वडाध्यक्ष वेदप्रसाद बञ्जरा, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, महासंघका सचिव कपिल कोइरालालगायतकाे उपस्थिति रहेकाे थियाे।