१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत ८ बुधबार ११:१८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यस्ता फूलले सजाउँछ बार्दली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत ८ बुधबार ११:१८:००

बार्दलीको रेलिङमा लहरिएका फूलहरू देख्दा तपाईंलाई आनन्द महसुस हुन्छ । किनकि, यसले पूरै घरलाई आकर्षक देखाउँछ । त्यस्तै, मानिसलाई प्राकृतिक वातावरणसँग पनि जोड्छ । तपाईंको घरमा खेतीका लागि खुला ठाउँ छैन भने बार्दलीमै बगैँचा बनाउन सकिन्छ । 

मर्निङ ग्लोरी
यस बिरुवामा मुटु आकारका पातहरूबीच कलेजी रङका फूल फुल्छन् । कुनै–कुनै बिरुवामा निलो फूल फुल्छ । गर्मी समयमा यी बिरुवा बिहानै फुल्छन् । 

गोल्डेन पोथोस
मनिप्लान्टजस्तै देखिने यो सदाबहार बिरुवाका पात मुटु आकारका हुन्छन् र निकै आकर्षक देखिन्छन् । यी पात सेतो र हरियो मिश्रित रङका हुन्छन् । पोथोस हल्का घाम लाग्दा धेरै खुल्छ । यसलाई घरभित्र पानीमा वा बार्दलीमा गमलामा लगाएर हुर्काउन सकिन्छ । 

बोगेनभिलिया
बोगेनभिलियाका फूल सेतो, गुलाबी, पहेँलो, रातोलगायत विविध रङका हुन्छन् । यो लहराका रूपमा बढ्छ । त्यसैले यसलाई बार्दलीको रेलिङनजिकै लगाउँदा राम्रो देखिन्छ । 

स्टार ज्यास्मिन
स्टार ज्यास्मिनलाई चमेली पनि भनिन्छ । यसमा फुल्ने सेतो रङको फूल जति आकर्षक हुन्छ, उति नै बास्नादार पनि हुन्छ । यो फूल वसन्त ऋतुमा फुल्छ । यस बिरुवालाई बाल्कोनीमा घाम लाग्ने ठाउँमा हुर्काउन सकिन्छ । 

ब्लिडिङ हार्ट वाइन
यो बाल्कोनीमा लगाइने एक क्रिपर प्लान्ट हो । जहाँ हरियो रङका पातहरूको माथिल्लो भागमा सेतो रङको केलिक्स हुन्छ, त्यसमाथि गहिरो रातो रङको फूल फुल्छ ।