मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत ७ मंगलबार ११:३५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ड्राई स्किनमा  सुहाउँछ यस्तो मेकअप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत ७ मंगलबार ११:३५:००

मेकअप गर्नुअघि मोस्चराइजर क्रिम लगाउने : ड्राई स्किनका लागि मेकअप गर्नुअघि सफा पानीले अनुहार सफा गर्नुपर्छ । त्यसमा हल्का मोस्चराइजर लगाउने र केही मिनेटपछि फाउन्डेसन लगाउनुपर्छ । बजारमा विभिन्न मेकअप सामग्री पाइन्छन् । त्यस्ता मेकअप प्रडक्टले अनुहारको छालामा खराब असर पनि पुर्‍याउन सक्छ । त्यसैले, राम्रो क्वालिटीको मेकअप प्रडक्ट प्रयोग गर्नुपर्छ । 

लिक्विड हाइलाइटर लगाउने : मेकअप सामग्रीमा क्वालिटीको लिक्विड फाउन्डेसन समावेश गर्न जरुरी हुन्छ । यसलाई नरम मेकअप ब्रसले लगाउनुपर्छ । यसले अनुहारलाई चम्किलो बनाउँछ । फरक लुक्स दिन्छ । 

नलगाउने : बजारमा विभिन्न कम्पनीका पाउडर प्रडक्ट पाइन्छन् । सुख्खा छाला हुने पाउडर प्रयोग गर्नु राम्रो हुँदैन । यसले छालालाई थप सुख्खा बनाउँछ ।  

लाइट मेकअप गर्ने : सकभर लाइट मेकअप गर्नु राम्रो हुन्छ । मेकअपमा फिनिसिङ टच दिँदा ब्लस अनिवार्य प्रयोग गर्नुपर्छ । अनुहारको चमक बढाउन ब्लसको प्रयोग गरिन्छ । यसले अनुहारको सेपलाई सुधार्न सहयोग गर्छ र असन्तुलित मेकअपलाई ठीक बनाउँछ । कहिलेकाहीँ भारी मेकअप गर्नैपर्ने अवस्था आएमा फाउन्डेसनमा दुई थोपा फेस आयल मिसाएर प्रयोग गर्दा राम्रो हुन्छ । फाउन्डेसनले अनुहारलाई मुलायम बनाउँछ र अनुहारमा चमक पनि देखिन्छ । 

यस्तो आइस्याडो लगाउने : सुक्खा छालाका लागि आँखाको मेकअप गर्दा पनि ध्यान दिनुपर्छ । यस्तो वेला सधैँ क्रिमयुक्त आइस्याडो प्रयोग गर्नुपर्छ । योे अन्य आइस्याडोभन्दा राम्रो हुन्छ । मेकअपलाई भद्दा देखाउँदैन । ड्राई स्किनका लागि आँखाको मेकअप गर्दा पेन्सिल आइलाइनर वा लिक्विड आइलाइनर प्रयोग गर्दा राम्रो हुन्छ । यसले थप आकर्षक बनाउँछ । 

लिपस्टिक : ड्राई स्किनमा मेकअप गर्दा ओठमा रंगीन लिपस्टिक लगाउन सक्नुहुन्छ । लिपस्टिकले ओठलाई सुख्खा देखाउँदैन ।