१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १o:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बालाजु औद्योगिक क्षेत्र

अर्थ इतिहास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:३५:oo

करिब ६३ वर्षअघि स्थापना भएको बालाजु औद्योगिक क्षेत्र देशकै पहिलो औद्योगिक क्षेत्र हो । औद्योगीकरणका माध्यमबाट मुलुकमा आर्थिक विकास गर्ने उद्देश्यले ५ फागुन ०१६ मा यस औद्योगिक क्षेत्रको शिलान्यास तत्कालीन राजा महेन्द्रवीरविक्रम शाहले गरेका थिए । शिलान्यासको करिब चार वर्षपछि १९ जेठ ०२० मा यस औद्योगिक क्षेत्रको उद्घाटन गरिएको थियो । 

अमेरिकी सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बालाजु औद्योगिक क्षेत्रको स्थापना गरिएको थियो । उद्योगहरूका लागि आवश्यक पर्ने आधारभूत भौतिक पूर्वाधारहरू जस्तै– जमिन, औद्योगिक भवन, सडक, विद्युत्, पानी, ढल तथा अन्य सुविधा एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले औद्योगिक क्षेत्रको सुरुवात यसै औद्योगिक क्षेत्रको स्थापनाबाट भएको हो । 

काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा रहेको ऐतिहासिक बालाजु बाइसधारासँगै जोडिएको यस औद्योगिक क्षेत्र ६ सय ७० रोपनी क्षेत्रफलमा फैलिएको छ । सुरुमा नेपाल औद्योगिक विकास निगमअन्तर्गत सञ्चालित बालाजु औद्योगिक क्षेत्र ०३१ सालदेखि विकास समितिअन्तर्गत गठित औद्योगिक सेवा केन्द्रबाट सञ्चालन हुँदै आएको थियो । त्यसपछि १ साउन ०४५ देखि भने नेपाल सरकारको स्वामित्वमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडबाट सञ्चालन हुँदै आएको छ । यस औद्योगिक क्षेत्रमा एक सय ४० उद्योग रहेका छन् । 

ad
ad