Skip This
सर्लाहीको चतुर्भुजेश्वर क्याम्पसमा दाहाल एक मतले विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ६ सोमबार
  • Saturday, 27 July, 2024
श्रवण थापा सर्लाही
२o७९ चैत ६ सोमबार १७:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीको चतुर्भुजेश्वर क्याम्पसमा दाहाल एक मतले विजयी

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७९ चैत ६ सोमबार १७:४५:oo

सर्लाहीको हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका प्रेमराज दाहाल विजयी भएका छन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अखिल क्रान्तिकारीका दाहाल एक मतले विजयी भएका हुन्। 

दहालले ३ सय ५० मत प्राप्त गर्दा अनेरास्ववियुका सन्दीप थापाले ३ सय ४९ मत मात्र प्राप्त गरे। आइतबार राति भएको मतगणनामा दुवै उम्मेदवारको मत बराबर भएपछि सोमबार पुनः मतगणना गरिएको थियो। 

दोस्रोपटक भएको मतगणनामा अखिल क्रान्तिकारीका दाहालको पक्षमा ३ सय ५० मत र अनेरास्ववियुका सन्दीप थापाको पक्षमा ३ सय ४९ मत गणना भएको हो। क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजक हरिलाल मैनालीले रातिको मतगणनामा टिपोट गर्ने क्रममा अनेरास्ववियुका थापाको एक मत बढी टिपोट भएको पाइएको बताए।

चतुर्भुजेश्वरमा कुल ७ सय ११ विद्यार्थीमध्ये प्रत्यक्षतर्फ ६ सय ९९ जनाले मतदान गरेका थिए। खसेकोमध्ये १२ मत बदर भएको छ। सभापतिमा विजयी अखिलका दाहालले नेविसंघ र एकीकृत समाजवादीनिकट अनेरास्ववियुको समर्थनमा उम्मेदवारी दिएका थिए। 

क्याम्पसको स्ववियु सचिवमा भने अनेरास्ववियुका हिमाल घिमिरे १२ मतले विजयी भएका छन्। घिमिरे ३५६ मत प्राप्त गरी निर्वाचित हुुँदा संयुक्त प्यानलका उम्मेदवार नेविसंघका दिलीपबहादुर बस्नेतले ३४४ मत मात्रै प्राप्त गरे। सचिवबाहेक कोषाध्यक्ष र अन्य सदस्य पदमा संयुक्त प्यानलका उम्मेदवारहरू विजयी भएका छन्।

यस्तै, समानुपातिकतर्फ कुल ७०९ मत खसेकोमा सात मत बदर भएको छ। सदर भएको ७०२ मतमध्ये अखिल क्रान्तिकारीले ३६५ र अनेरास्ववियुले ३३७ मत प्राप्त गरेको छ।