Skip This
बेलायतकी राज्यमन्त्रीले गरिन् अरुण–३ भ्रमण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २६ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २६ शुक्रबार o९:१७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बेलायतकी राज्यमन्त्रीले गरिन् अरुण–३ भ्रमण

‘कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालको महत्वपूर्ण भूमिका’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २६ शुक्रबार o९:१७:oo

बेलायतकी राज्यमन्त्री अर्थात् फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट (इन्डो–प्यासिफिक) एने–म्यारी ट्रेबेलियनले कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । जलविद्युत् उत्पादनमा नेपालको तुलनात्मक र प्रतिस्पर्धी लाभको चर्चा गर्दै उनले स्वच्छ र नवीकरणीय ऊर्जाको क्षेत्रीय व्यापारबाट कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालको महत्वपूर्ण भूमिका खेलेको बताएकी हुन् । 

नेपाल भ्रमणमा रहेकी बेलायतकी राज्यमन्त्री ट्रेबेलियनले बिहीबार संखुवासभामा निर्माणाधीन नौ मेगावाटको अरुण–३ जलविद्युत् परियोजनाको भ्रमणका क्रममा कार्बन उत्सर्जनमा नेपालको भूमिकाको चर्चा गरेकी हुन् ।

 उनले परियोजनाको विद्युत् गृहस्थल तथा ट्रान्सफर्मर बनेको अवलोकन गर्दै नेपालले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादनका क्षेत्रमा अभूतपूर्व उपलब्धि हासिल गर्नेतर्फ मुखरित रहेको पनि बताइन् । अरुण–३ जलविद्युत् परियोजना भारतीय कम्पनी एसजेभिएनको मुख्य स्वामित्वमा स्थापित एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको छ । परियोजनाको उत्पादनतर्फको हालसम्मको भौतिक प्रगति करिब ६१.२ प्रतिशत रहेको छ । 

विकासकर्ता स्वयंले परियोजना विद्युत्गृहदेखि भारतको सीतामढीसम्म चार सय केभी क्षमताको कुल दुई सय ५३ किमि लामो अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिरहेको छ । आयोजनाको निर्माण यसै वर्ष २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य छ । भ्रमणका क्रममा बेलायतले लगानी बोर्डलाई दिँदै आएको प्राविधिक सहयोगलाई निरन्तरता दिने उल्लेख पनि गरेको छ । राष्ट्रिय महत्वका पूर्वाधार परियोजनामा सार्वजनिक–निजी साझेदारीमा लगानी जुटाउने तथा विकास गर्ने नोडल एजेन्सीका रूपमा रहेको लगानी बोर्डको क्षमता विकास तथा संस्थागत सुदृढीकरणमा बेलायतले विगत लामो समयदेखि सहयोग उपलब्ध गराउँदै आएको छ ।

परियोजनास्थल भ्रमणका क्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण–३ जलिवद्युत् परियोजना नेपालको ऊर्जा विकासमा महत्वपूर्ण कोसेढुंगा रहेको बताए । लगानी बोर्डले कोभिड–१९ महामारीको कठिन समयमा पनि परियोजना कार्यान्वयन जारी राख्‍न आवश्यक सहजीकरण गरेको उनको भनाइ थियो । उनले लगानी बोर्डलाई मित्रराष्ट्र बेलायतले दिँदै आएको सहयोगको प्रशंसा गरेका थिए । 

 त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले नेपालमा निर्माणाधीन र निर्माणका लागि गृहकार्य अघि बढाइएका ठूला जलविद्युत् परियोजनाहरूले विद्युत्को माग सम्बोधनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । साथै, क्षेत्रीय विद्युत् व्यापारलाई सार्थक बनाउन दक्षिण एसियाली देशहरूबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । 

अरुण–३ जलविद्युत् परियोजनास्थल उच्चस्तरीय भ्रमण टोलीमा राज्यमन्त्री ट्रेबेलियनसहित नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिट, एफसिडिओ डेभलपमेन्ट डाइरेक्टर पिपा बोर्ड, लगानी बोर्ड नेपाल तथा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।