१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
रासस किन्सासा
२o८१ बैशाख २३ आइतबार १३:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

कंगोकाे पूर्वी क्षेत्रमा द्वन्द्वका कारण २० हजारभन्दा बढी विस्थापित

Read Time : < 1 मिनेट
रासस, किन्सासा
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:२o:oo

कंगोमा जारी द्वन्द्वका कारण विस्थापित हुने व्यक्तिको संख्या बढ्दै गएको देखिएको छ । कंगाेको पूर्वी भूभागमा पछिल्ला केही समययता जारी रहेको द्वन्द्वले यहाँका सर्वसाधारण नागरिक विस्थापित भएका छन् ।

राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी एक निकायले दिएको जानकारीअनुसार कंगाेको पूर्वी क्षेत्रमा केही समययता हिंसा बढेको छ । त्यस हिंसामा परेर यहाँका २० हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

यहाँ पछिल्लो समयमा एम २३ नामक एक हिंसात्मक समूहले विद्रोह गरिरहेको छ । सो समूहका विद्रोही र यहाँको सरकारी सेनाबीच दिनहुँजसो भिडन्त हुन थालेका छन् ।

यहाँको उत्तरी किभु प्रान्तमा सो विद्रोही समूह र यहाँको सेनाबीच भिडन्त जारी रहेको छ । सो भिडन्तमा परेर यहाँका २० हजारभन्दा बढी स्थानीय नागरिक विस्थापित हुन पुगेका कंगोमा रहेको राष्ट्रसंघीय कार्यालयले जनाएको छ ।

ad
ad