१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

घुस रकमसहित मालपोतका सुब्बा र लेखापढी व्यवसायी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:३७:oo

मालपोत कार्यालय जलेश्वरको मुद्दा फाँटमा कार्यरत नायव सुब्बा रामकृष्ण पण्डित र मालपोतछेउमै सञ्चालित सुभाष भू सेवा केन्द्रका सञ्चालक लेखापढी व्यवसायी सुभाषचन्द्रलाल कर्ण घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयाेग कार्यालय बर्दिबासका डिएसपी सुभाष राईको टोलीले बिहीबार अपराह्न उनीहरूलाई पक्राउ गरेको हो । काम गरिदिने भन्दै सेवाग्राहीसँग नौ हजार घुस लिएको उनीहरूमाथि आरोप छ ।

मालपोतका सुब्बा पण्डितले सेवाग्राहीसँग रकम लिएर लेखापढी व्यवसायी कर्णको फार्ममा आएर सो रकम राख्न दिएको वेला उनीहरूलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । अख्तियारले आवश्यक अनुसन्धानका लागि दुईजनालाई बर्दिबासस्थित कार्यालय लग्ने तयारी गरेको छ ।

ad
ad