मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण १५ सोमबार
  • Friday, 14 August, 2026
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १५ सोमबार १३:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद रहमानको शोक प्रस्ताव पारित गर्दै संसद् बैठक स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १५ सोमबार १३:२२:oo

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकले सदस्य शहनाज रहमानको शोक प्रस्ताव पारित गरेको छ। 

आजको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो। 

रहमानको शनिबार हृदयघातका कारण निधन भएको थियो। समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमान ६३ वर्षकी थिइन्। 

झापाकी स्थायी बासिन्दा रहेकी रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बनेकी थिइन्। रहमान जसपाकाे केन्द्रीय सदस्यसमेत थिइन्। प्रतिनिधिसभाको अर्को बैठक फागुन १७ गते बुधबार दिउँसो १ बजे बस्नेछ।