१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ फाल्गुण १४ आइतबार १५:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालीगण्डकी गाउँपालिकाका शिक्षकले पारिश्रमिक पाएनन्

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण १४ आइतबार १५:३३:००

गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन् । आन्तरिक स्रोतमार्फत गाउँपालिकाले तलब उपलब्ध गराउने गरी राखेका ३१ शिक्षकले कात्तिक महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् ।

गाउँपालिकाले आफैँ दरबन्दी सिर्जना गरी राखेका ती शिक्षकलाई बजेट अभावका कारण तलब खुवाउन नसकिएको त्यहाँका शिक्षा शाखाका प्रमुख अग्निधर पराजुलीले बताए । कात्तिकदेखि पुस महिनासम्मको तीन महिनाको तलब उपलब्ध गराउन रु. ३९ लाख आवश्यक पर्ने, तर बजेट अभावका कारण शिक्षकलाई तलब दिन नसकिएको उनको भनाइ छ ।

तलब नपाउनेमा बालशिक्षा कक्षादेखि माध्यमिक तहसम्मका शिक्षक रहेका प्रमुख पराजुलीले बताए । पालिकाको आन्तरिक स्रोत र कालीगण्डकी जलविद्युत् परियोजनाको आर्थिक सहयोगमार्फत ती शिक्षकलाई तलब उपलब्ध गराउने गरी बजेटको व्यवस्था गरिएकामा परियोजनाबाट सहयोग उपलब्ध नभएका कारण तलब खुवाउन नसकिएको हो ।

कात्तिकदेखि तलब नआउँदा आफूहरूलाई दैनिक खर्च चलाउनसमेत समस्या हुँदै गएको शिक्षकहरूको गुनासो छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले आर्थिक सहयोग प्राप्त नभएकाले समस्या थपिएको बताए । परियोजनाबाट सहयोग नपाए शिक्षकहरूलाई स–सम्मान बिदाइ गर्नेबाहेक अन्य विकल्प नभएको उनको भनाइ छ । आफूहरूसँग स्रोत व्यवस्थापन गर्ने आधार नभएकाले उक्त सहयोग नपाए ती शिक्षकलाई भुक्तानी दिनुपर्ने रकमको अभिलेख राखी स–सम्मान बिदाइ गरिने उनले बताए । रासस