१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सन्दीप भोलि युएई जान नपाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:३१:oo

क्रिकेटर सन्दीप लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका युएइ जान नपाउने भएका छन् । 

नेपाली टिम भोलि युएई जाँदैछ । आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले महान्यायाधीशवक्ता कार्यालय र बलात्कार अभियुक्त लामिछानेको निवेदन एकैसाथ राखेर १४ फागुनलाई पेशी तोक्न आदेश दिएको हो । 

सो आदेशपछि सन्दीप भोलि युएई जान नपाउने भएका हुन् । नेपालको दृष्टिकोणबाट निकै महत्वपूर्ण सो सिरिजमा क्यानले सन्दीपलाई सहभागी गराउन चाहेको थियो । सन्दीपका तर्फबाट पनि सिरिजका लागि आफू पनि युएई जान पाउनु पर्ने भन्दै बिहीबार सर्वोच्चमा रिट दायर भएको थियो । 

अदालतले सन्दीप लामिछानेबारे महान्यायाधिवक्ता कार्यालयले दिएको रिट पनि सर्वोच्चमा रहेकाले यी दुवै रिटलाई आइतबारसँगै राखेर हेर्न आदेश दिएको हो ।

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो । उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । 

ad
ad