१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १० बुधबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १० बुधबार १९:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माधव नेपालसँगको भेटलगत्तै बालुवाटार पुगे देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १० बुधबार १९:oo:oo

राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराउने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरूबीच सघन भेटवार्ता हुन थालेका छन्। 

अहिले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भइरहेको छ। 

राष्ट्रपति निर्वाचनमा कांग्रेसले दिने उम्मेदवारीमा सघाउन औपचारिक आग्रह गरेपछि देउवाले प्रधानमन्त्रीलाई दोस्रोपटक भेट्दै छन्। 

बालुवाटार जानुअघि देउवानिवास धुम्बाराहीमा कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताबीच छलफल भएको थियो। 

छलफलमा कांग्रेसबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायत थिए। यस्तै, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपालसहित महासचिव बेदुराम भुसाल, घनश्याम भुसाललगायत थिए।