१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १३:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

विश्वकप क्रिकेट लिग- २ : २२२ काे लक्ष्य पछ्याउँदै नामिबिया 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:५४:oo

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा स्कटल्यान्डले नामिबियालाई जितका लागि दुई सय २२ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै दुई सय २१ रन बनायो।

स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक ४७ रनको योगदान दिए भने टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिची बेरिङ्टनले ३२ बनाए । त्यस्तै, माइकल लिस्कले २९ रन बनाउँदा म्याथ्यु क्रसले १६ रन तथा क्रिस ग्रेभेसले १४ रन जोडे । मार्क वाटले १० रन बनाए।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान एक्लैले पाँच विकेट लिए भने ट्यांगिनी लुंगिमिनीले दुई विकेट लिए। त्यस्तै, बेर्नार्ड स्कोल्ट्ज, बेन सिकोन्गो र पिक्की या फ्रान्सले समान एक–एक विकेट झारे। 

तस्बिर : क्यानकाे फेसबुक पेजबाट

ad
ad