Skip This
कांग्रेसको प्रस्तावमा प्रधानमन्त्रीको जवाफ– सत्तागठबन्धन र पार्टीमा छलफल गर्छु 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ७ आइतबार
  • Saturday, 27 July, 2024
समाचार डिजिटल संस्करण

कांग्रेसको प्रस्तावमा प्रधानमन्त्रीको जवाफ– सत्तागठबन्धन र पार्टीमा छलफल गर्छु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ७ आइतबार २३:o३:oo

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनका सवालमा कांग्रेसले राखेको प्रस्तावमाथि सत्तागठबन्धनका दल र आफ्नो पार्टीमा छलफल गरेर जवाफ दिने बताएका छन् । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बेलुकी कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँगको भेटमा प्रधानमन्त्रीले त्यस्तो जवाफ दिएका हुन् । 

भेटवार्तामा कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीले उठाउने उम्मेदवारलाई सघाउन प्रधानमन्त्रीसमक्ष औपचारिक प्रस्ताव राखेको थियो । 

प्रधानमन्त्रीसँगको भेटबारे जानकारी दिँदै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, ‘प्रधानमन्त्रीसमक्ष हामीले राष्ट्रपति निर्वाचनमा सहयोगका लागि पहिलोपटक औपचारिक रूपमा प्रस्ताव राख्यौँ । उहाँले सरकारमा रहेका दल र पार्टीमा छलफल गरेर जवाफ दिन्छु भन्नुभयो ।’ 

प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवा, उपभासपति खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा सहभागी थिए ।