१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १५:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

एभरेस्ट बैंक र क्विक फक्सबीच रोबोटिक प्रोसेस अटोमेसनसम्बन्धी सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:५९:oo

एभरेस्ट बैंकले आफ्नाे विभिन्न बैंकिङ सेवा प्रदान गर्ने कार्यहरू अटोमेसन गर्नका लागि क्विक फक्स कन्सल्टिङ प्रालिसँग सम्झौता गरी रोबोटिक प्रोसेस अटोमेसनको यात्रा सुरु गरेको छ । निरन्तर रूपमा सबल हुन, प्रतिस्पर्धी रहन र आफ्ना  ग्राहकलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ अटोमेसनको यात्रा सुरु गरेको एभरेस्ट बैंकले जनाएको छ ।

बैंकका  सेवामा रहेका अधिकांश प्रक्रिया दोहोरिने, प्रक्रियागत रूपमा सञ्चालन नहुने र एकै प्रकृतिका हुने र त्यसलाई मानव संसाधनबाट पूरा गर्दा कतिपय कार्य ढिलो र त्रुटिपूर्ण हुन सक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेसन सुरु गरेको हो ।

यस बैंकमा हालसम्म १३ लाखभन्दा बढी ग्राहक रहेका छन् ।  बैंकले देशैभर एक सय २३ शाखा सञ्जाल, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक सय ६० एटिएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


 

ad
ad