मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण ३ बुधबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ३ बुधबार १३:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘प्रेम आचार्यको ‘आत्मदाह’ केवल एउटा मृत्यु हाे ?’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ३ बुधबार १३:३३:oo

प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई प्रश्नैप्रश्न गरेका छन्। 

उनले आफू भर्खरै आत्मदाह गरेका प्रेम आचार्यको घरमा पुगेर आएको बताए। उनले आमरूपमा आत्महत्या केवल एउटा मृत्यु भए पनि भोग्ने परिवारका लागि पीडाको आकार बेहिसाब भएको उनले बताए। 

उनले भने, ‘म भर्खर इलाम पुगेर आएको छु, प्रेम आचार्यको घरमा ! माघ १० गते बानेश्वरको सडकमा उहाँले आत्मदाह गरेको दृश्य यो संसद्को स्मृतिमा पक्कै ताजै छ ! नेपाल प्रहरीको तथ्यांक भन्छ– आत्महत्याको दर यो दशकमा  ७८ प्रतिशतले वृद्धि भएको छ।  सुन्नेका लागि एउटा आत्महत्या केवल एउटा मृत्यु ! भोग्ने परिवारका लागि पीडाको आकार बेहिसाब छ !’ 

उनले मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्द्व अनि व्यक्तिको आकांक्षा र परिवेशबीचको असन्तुलन आत्महत्याको मुख्य कारण भएको उनले बताए। 

उनले भने, ‘असन्तुष्टि, आवेग र वितृष्णाका अनेक कारण, निराकरण गरेर परिवेशमा परिवर्तन गर्नु जिम्मेवार राज्य, राजनीतिक दलहरू एवं असल समाजको कर्तव्य हुन्छ !राजनीतिमा रूपान्तरण, सामाजिक विसंगतिहरूको अन्त्य, झन्झटिलो प्रशासनिक प्रक्रियामा सुधार  र आर्थिक विषमताको अन्त्य। यी चार गहन विषयमा गम्भीर राष्ट्रिय विमर्श जरुरी छ!’