मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ २७ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २७ शुक्रबार १६:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लोकतन्त्रमा देश बनाउने शक्ति पार्टी नै हो : नेता भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २७ शुक्रबार १६:५२:oo

एकीकृत समाजवादीका नेता घनश्याम भुसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताएका छन् ।

शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले देश बनाउन पात्र चाहिने र लोकतन्त्रमा त्यो पात्र पार्टी मात्रै रहेको दाबी गरे । देश र देशको अर्थतन्त्र बनाउन विचार र विमर्शसहितको पार्टी आवश्यक रहेकोमा उनको जोड छ ।

‘देश बनाउनका लागि पात्र चाहिन्छ, लोकतन्त्रमा त्यस्तो देश बनाउने पात्र पार्टी हुन्छ । पार्टी नै त्यस्तो पार्टी होस्, जसले त्यस्तो अर्थतन्त्र बनाउँछ र यसरी त्यस्तो पार्टी र अर्थतन्त्रले सँगै देशलाई अघि लिएर जान्छन् । त्यस्तो समाज, व्यवस्था, राजनीति, अर्थतन्त्र निर्माण गर्ने कुरामा एक्लै हुनुहुन्न । यो कार्यमा तपाईंहरू एक्लै हुनुहुन्न । धेरै मान्छे तपाईंहरूसँग छन्,’ उनले भने ।

उद्यम नगर्ने पुँजीपतिहरूले अर्थतन्त्र नेतृत्व गरेको देशले सफलता नपाउने नेता भुसालको दाबी छ । ‘अहिले भइरहेको वैभव संग्लिँदै माथि जान्छ । यस्ता पुँजीपतिकोमा जान्छ, जसले उद्यम गर्दैनन्, रोजगारी सिर्जना गर्दैनन्,’ उनले भने, ‘तिनीहरूको गठजोडमा भागेदारी गरेर राजनीतिक नेताहरू राज्य संयन्त्रमा बसेकाहरूले आफ्नो सम्पत्ति थुपार्छन्, यो गठजोडबारे नबोल्ने राजनीतिले कुनै प्रगतिशील राजनीति हुन्छ भन्ने मलाई लाग्दैन ।’