Skip This
प्रहरी चौकीअगाडि कुटीकुटी वृद्धको हत्या
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २५ बुधबार
  • Saturday, 27 July, 2024
२o७९ माघ २५ बुधबार २o:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरी चौकीअगाडि कुटीकुटी वृद्धको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २५ बुधबार २o:४६:oo

महोत्तरीमा प्रहरी चौकीअगाडिकै चोकमा विवादपछि कुटपिट हुँदा एक वृद्धको मृत्यु भएको छ। 

जिल्लाको जलेश्वर नगरपालिका- ५ पर्सा पतैलीचोकमा सोही ठाउँनिवासी ७५ वर्षीय हरिदेव राउतलाई उनकै नातामा काका पर्ने ६८ वर्षीय सुरेन्द्र राउतले कुटपिट गर्दा मृत्यु भएको हो।

दुई वर्ष पहिलेदेखि जग्गासम्बन्धी विवाद थियो। त्यही विवादले अचानक झगडाको रूप लियो। दुईजना बीचको विवाद बढ्दै जाँदा सुरेन्द्रले हरिदेवमाथि कुटपिट सुरु गरे। उनको कुटपिटबाट हरिदेवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

सबै घटनाक्रम प्रहरी चौकीअगाडि नै भएकोले प्रहरीले स्थिति नियन्त्रण लिन पहल नगरेको भन्दै स्थानीयले चौकीअगाडि धर्ना दिएका थिए। 

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गएको प्रहरी टोलीले घटना मुचुल्का उठाई शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाएको छ।। कुटपिट गरेर मानिस मारेको आरोपमा प्रहरीले सुरेन्द्रलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तोषकुमार पोखरेलले घटनाको अनुसन्धान भइरहेको छ। उनको अनुसार प्रहरी चौकीअगाडि भएको घटनासम्बन्धी अनुसन्धान गर्न चौकीमा कार्यरत सबै प्रहरीलाई जिल्ला तानिएको छ।