Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रञ्जिता श्रेष्ठ, अध्यक्ष, नागरिक उन्मुक्ति पार्टी
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ २५ बुधबार ०७:०९:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

रेशम चौधरीलाई रिहा नगरेसम्म विश्वासको मत दिन्नौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ २५ बुधबार ०७:०९:००

अन्तर्वार्ता

एक महिना नबित्दै सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय किन गर्नुभयो ? 
हामीले सुरुदेखि नै रेशम चौधरीलगायत टीकापुर घटनासँग जोडेर जेलमा राखिएका र मुद्दा चलाइएका राजबन्दीको रिहाइ र मुद्दा फिर्ताको माग उठाइरहेका छौँ, तर आश्वासन मात्रै भयो । न्याय निरुपण त कहाँ हो कहाँ, खालि यसलाई राजनीतिक लेनदेनको विषय मात्रै बनाइयो । लेनदेन गर्न हामी सट्टेबाज त होइन नि ! हामीले त न्याय खोजेका हौँ । त्यसैले हाम्रा माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने निष्कर्षमा पुगेका हौँ । आज गरेको निर्णय पनि यही हो । 

तपाईंहरूले मत नदिँदा त सरकार नै ढल्ने अवस्थामा पुग्छ नि ? 
हाम्रा लागि माग प्राथमिकतामा छ । जहिले रिहा गर्नुहुन्छ, त्यही दिन सरकार बनाउँला । बुधबार एक दिन समय बाँकी छ । रिहा गरियो भने मत दिन्छौँ । तत्काल रिहा गर्ने अवस्था छैन भन्नुभयो भने जहिले हुन्छ, त्यही दिन मत दिन्छौँ । अब जेलको ढोका नखुलेसम्म सुदूरपश्चिममा सरकारको ढोका खुल्दैन । 

सरकारलाई समर्थन दिने वेलामा भएको सहमतिचाहिँ के हो ?
माघ १ गते थारूहरूको ठूलो पर्व माघीकै दिन उपहारस्वरूप रिहा गर्छौँ भनेर आश्वस्त पारिएको थियो । त्यही विश्वासमा हामीले केन्द्रदेखि प्रदेशसम्म समर्थन गरेकै हो । तर, माघ सकिन लाग्दा पनि अझै सम्बोधन हुने छाँट देखिएन । त्यसैले यो निर्णयमा पुगेका हौँ ।