Skip This
हत्याको आठ वर्षपछि फरार दुई देवरविरुद्ध जन्मकैदकाे फैसला
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २४ मंगलबार
  • Tuesday, 13 May, 2025
२o७९ माघ २४ मंगलबार १४:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हत्याको आठ वर्षपछि फरार दुई देवरविरुद्ध जन्मकैदकाे फैसला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २४ मंगलबार १४:२९:oo

भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय र उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैदकाे फैसला सुनाइएको छ। 

सप्तरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले घटनाको आठ वर्षपछि अभियुक्तलाई जन्मकैदकाे सजाय सुनाएको हो। अभियुक्तहरू दुवै हालसम्म फरार रहेको अदालतले जनाएको छ। आठ वर्षदेखि पेसी रोकिँदै आएको सो मुद्दा सप्तरी जिल्ला अदालतका १८ जना न्यायाधीशले हेरिसकेका थिए। 

पटकपटक पेसी चढे पनि गत माघ १६ गते मुद्दाको ६१औँ पटक पेसी सारेर फैसला हुन सकेको थिएन। जिल्ला अदालतले शिवानन्दलाई ०७४ साउन ४ गते रु. २० हजार र विद्यानन्दलाई ०७४ असोज १ गते रु. १५ हजार धरौटीमा छाड्न आदेश दिएको थियो।

जनकपुर उच्च अदालतको राजविराज इजलासले पनि ०७५ असार ७ गते उक्त आदेश सदर गरेपछि मृतकको छोरा बेचनले उक्त आदेशविरुद्ध ०७५ साउन २० गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए। 

सर्वोच्च अदालतले मातहतका दुवै अदालतको आदेश बदर गर्दै ०७७ असार ५ गते दुवै आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकामा हालसम्म आरोपित दुवै फरार छन्।

सिसौको रूखका हाँगा बेचनले घर ल्याएपछि विवाद बढ्दै गएपछि कुटपिट हुँदा लाठी र फलामको रड प्रहारबाट ६६ वर्षीया राजेश्वरीदेवी राय भनिने राज्यवती अमात्यनीको ०७१ चैत १९ गते मृत्यु भएको थियो। 

छोरा बेचनले घटनाकै दिन ०७२ वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा अभियोगपत्र दायर गरेका थिए। फैसलाका लागि मुद्दाका सबै अंग पुगे पनि अस्वाभाविक ढिलाइले आर्थिक नोक्सानी र मानसिक तनाव झेलिरहेका बेचनले फैसलाप्रति सन्तोष व्यक्त गरे। 

अन्य आरोपितहरू शिवानन्दकी श्रीमती मञ्जुदेवी राय, विद्यानन्दकी श्रीमती विन्दुदेवी राय, उनीहरूका छोरा चन्दनकुमार राय, कान्छा देवर कामानन्द राय र उनकी श्रीमती रेणुदेवी रायले भने सफाइ पाएका छन्। रासस