मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ २४ मंगलबार ०७:३५:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ माघ २४ मंगलबार ०७:३५:००

पूर्वाधार निर्माण तथा आयोजनाबारे मन्त्रीपिच्छे आदेश र निर्देशन हुन्छ, तर मातहतका निकायले त्यसको अटेरी गर्छन्, किन होला ? 
हाम्रो राज्य संयन्त्रमा आएका मन्त्रीहरूसित आधारभूत ज्ञानकै कमी देखिन्छ । तर, उनीहरूमा केही गरौँ भन्ने छट्पटी र उत्साह भने देखिन्छ । ज्ञान, योजना र पर्याप्त गृहकार्यविना आदेश र निर्देशन दिन हतार गर्दा त्यसको कार्यान्वयन हुँदैन । मातहतका निकायले त्यसलाई पालना गर्दैनन् । 

यसमा मन्त्रीको कमजोरी देखिन्छ कि कर्मचारी वा मातहतका निकायको ? 
कर्मचारीले भएको ऐन नियमका आधारमा काम गर्ने हो । कानुनको परिधिमा बसेर काम गर्ने कर्मचारीले मन्त्रीले दिएको निर्देशनअनुसार काम गर्दा कानुनी कठिनाइ वा समस्या झेल्नुपर्ने पनि हुन सक्छ । तर, हाम्रा कर्मचारीमा पनि ज्ञानको कमी छ । यसमा मातहतका निकाय, मन्त्री र कर्मचारी सबैको कमजोरी देखिन्छ । किनभने, उपयुक्त संयन्त्र र कानुनमा सुधार नगरी निर्देशन मात्रै दिँदा कार्यान्वयन गर्न सहज हुँदैन । आयोजनामा ढिलासुस्ती हुन्छ । 

यसमा सुधार ल्याउन मन्त्री र कर्मचारीले  के–कस्ता कुरामा ध्यान दिनुपर्ला ? 
सबैभन्दा पहिले राज्य संयन्त्र, कार्यविधि, ऐन नियमबारे मन्त्रीले चासो दिनुपर्छ । अध्ययन गरेर समस्याको जरोमा पुगेर मात्री आदेश, निर्देशन दिने हो भने त्यो पूरा हुन सक्छ । तर, मन्त्रीले नबुझी आदेश निर्देशन दिने हो भने कर्मचारीले पनि झारा टार्ने भूमिका मात्र निभाउँछन् । वास्तविक समस्यामा टेकेर काम गरिदिँदैनन् ।