Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ माघ २३ सोमबार १०:१९:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ माघ २३ सोमबार १०:१९:००

चक्रपथमा इबिआरटीको सम्भाव्यता अध्ययन गर्न पुरानो टेन्डर रद्द गरी नयाँ टेन्डर आह्वान गरिएको छ, यसबारे के भन्नुहुन्छ? 
कस्तो अवस्थामा पुराना टेन्डर रद्द गरिएको हो भन्ने महत्वपूर्ण विषय हो । तर, बोर्डले के–कति कारणले पुरानो टेन्डर रद्द गर्‍यो, त्यसमा म जानकार छैन । तर, आधार पर्याप्त छन् । यो स्वाभाविक अभ्यास हो । विदेशी मुलुकमा पनि यस्तो हुन्छ । किनकि, पहिलो टेन्डरमै राम्रा कम्पनी आउने सम्भावना हुँदैन । ‘क्वालिफाइड’ काम गर्न राम्रो कम्पनी चाहिन्छ । राम्रो कम्पनी ल्याउन पुनः टेन्डर गर्नुपर्छ । 

बोर्डले कार्यसर्त परिवर्तन गर्न पुरानो टेन्डर रद्द गरिएको भन्ने छ नि ?
यदि त्यस्तो हो भने बोर्डको कमजोरी हो । बोर्डजस्तो संस्थाले कार्यसर्त परिवर्तन गर्न टेन्डर नै रद्द गर्ने अवस्था आउनु राम्रो होइन । व्यावसायिक संस्थाले यस्ता विषयमा टेन्डर आह्वान गर्नुपूर्व नै गम्भीर रूपमा अध्ययन गर्नुपर्छ । हतारमा टेन्डर आह्वान गरेर बीचमा आएर यसो भएन, उसो भएन भन्नुहुँदैन । 

पुनः टेन्डर गर्नु गलत नै हो त ? 
राम्रो काम गर्नका लागि हो भने ठीक छ । किनकि, कहिलेकाहीँ मानवीय त्रुटि हुन सक्छ । त्यो अवस्थामा सुधारिएर जानुपर्छ । त्यसका लागि पुनः टेन्डर आह्वान गर्नुपर्छ । पुरानै टेन्डरमा काम गर्दा राम्रो काम नहुन सक्छ । मुख्य कुरा यो हो कि टेन्डर आह्वान गर्ने विषयमा पहिला नै गम्भीर रूपमा अध्ययन गर्नुपर्छ र बल्ल टेन्डर आह्वान गर्नुपर्छ । बीचमा आएर सामान्य विषयमा टेन्डर आह्वान गर्नु अर्थपूर्ण हुँदैन ।