Skip This
नयाँ पत्रिका फलोअप : कञ्चनरूप नगरपालिकामाथि अख्तियारले थाल्यो अनुसन्धान
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ १९ बिहीबार
  • Tuesday, 16 September, 2025
सौरभ यादव राजविराज
२o७९ माघ १९ बिहीबार १o:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिका फलोअप : कञ्चनरूप नगरपालिकामाथि अख्तियारले थाल्यो अनुसन्धान

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७९ माघ १९ बिहीबार १o:१९:oo

कञ्चनरूप नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा सेनिटरी प्याड खरिदमा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकामाथि अनुसन्धान थालेको छ । सेनिटरी प्याड खरिदमा चलखेल भएको भन्दै स्थानीयले अख्तियारमा उजुरी दिएपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो ।

अख्तियार इटहरीले कञ्चनरूप नगरपालिकालाई पत्र लेख्दै प्याड खरिदसँग सम्बन्धित सम्पूर्ण कागजात मगाएको अख्तियारका एक कर्मचारीले जानकारी दिए। सेनिटरी प्याड खरिद गरेको  बजेट विनियोजन, स्वीकृति, लागत स्टिमेट खरिद प्रक्रिया, सम्झौता, खरिद आदेश, दाखिला रिपोर्ट, स्टकको अवस्था, सामान प्रयोग भएको भर्पाई, बिल, भुक्तनीको विवरण एवं गोश्वारा भौचरलगायत उक्त कार्यक्रमसँग सम्बन्धित कागजातको प्रमाणित प्रतिलिपि पठाउन अख्तियारले नगरपालिकालाई लेखेको पत्रमा भनिएको छ। 

१०  प्रतिशत कमिसन लिएर २२ लाख ५० हजारको सेनिटरी प्याड खरिद गरी अनियमितता गरेको तथा आर्थिक वर्षको सुरुमा खरिद गर्नुपर्ने सेनिटरी प्याड असार मसान्तमा खरिद गरेको र समान नआउँदै भुक्तानी गरेर रकम अनियमितता गरेकोबारे अख्तियारले तत्काल राय प्रतिक्रिया पेस गर्न निर्देशन दिएको ती कर्मचारीले जानकारी दिए । 

निःशुल्क रूपमा वितरण गरिने सेनेटरी प्याडका लागि सप्तरीको कञ्चनरूप नगरपालिकाले चर्को मूल्य तिरेको पाइएको छ । नगरपालिकाको शिक्षा शाखाका अनुसार पालिकाले २२ लाखबराबरकोे सेनेटरी प्याड खरिदका लागि २८ वैशाखमा सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाबमोजिम खरिद ऐनको सम्पूर्ण प्रक्रिया पुर्‍याएर पालिकाले आधुनिक सप्लायर्स राजविराजसँग सेफ्टी कम्पनीको सेनेटरी प्याड खरिद गर्ने सम्झौता गरेको थियो । 

सम्झौताबमोजिम प्रतिप्याकेट ७० रुपैयाँका दरले ३१ हजार सात सय ६ प्याकेट प्याड खरिद गरिएको शिक्षा शाखाले जनाएको छ । जब कि उक्त कम्पनीको प्याडको थोक मूल्य बजारमा प्रतिप्याकेट २१ देखि २२ रुपैयाँ पर्ने गरेको हो । कञ्चनरूप नगरपालिकाले २२ रुपैयाँ  पर्ने प्याडलाई ७० रुपैयाँ तिरेकोसम्बन्धी समाचार गत साउनमा नयाँ पत्रिकाले प्रकाशित गरेको थियो ।