१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ माघ १८ बुधबार ०८:१९:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ माघ १८ बुधबार ०८:१९:००

कांग्रेस सभापतिले केन्द्रीय समिति बैठक किन टार्न खोज्दै हुनुहुन्छ होला ?
कांग्रेस सभापति शेरबहादुर देउवा केन्द्रीय सदस्यहरूको फेस गर्न चाहनहुन्न । गठबन्धन गर्दादेखि नै कांग्रेसले थोरै सफलता र धेरै असफलता बेहोरेको छ । उहाँ राष्ट्रपति निर्वाचनअघि पार्टीभित्र कुनै विवाद नदेखियोस् भन्ने चाहनुहुन्छ । यसै पनि उहाँ संस्थागत छलफल रुचाउने नेता होइन । उहाँले पटकपटक बैठक सार्दा पनि कसैले चुइँक्कसम्म बोलेको नदेखिनुले यसमा सबैको सहमति देखिन्छ । 

नेतृत्व पार्टीको आधिकारिक फोरमबाट भागेर पार्टी कतिन्जेल चल्ला ?
यो गलत प्रवृत्ति हो, यसो गर्नु हुँदैन भनेर बोल्ने कोही नहुन्जेल यस्तै हो । कांग्रेस बैठक पहिले पनि सथ्र्यो । तर, त्यतिखेर बैठक सुरु हुन्थ्यो र केही दिनका लागि रोकिन्थ्यो । तर, अहिले त सुरु नै हुन सकिरहेको छैन । नेतृत्वको यस्तै प्रवृत्तिले गर्दा पार्टी ओरालो लाग्दै गएको हो । विगतमा भन्दा सात–आठ लाख भोट कम भइसक्यो । अहिलेसम्म कांग्रेसले चुनावी समीक्षासम्म गरेको छैन । 

प्रायः अन्य दलमा पनि यस्तै समस्या देखिन्छ । दलहरूका नेतृत्वले यस्ता बाटो किन रोजेका होलान् ?
नेताका आदेशपालक जमात पार्टीमा रहुन्जेल नेतृत्वले गर्ने नै यही हो । पार्टीहरूमा असहतिको स्वर सुन्ने ‘कल्चर’ अन्त्य भएको छ ।  आन्तरिक प्रजातन्त्रको संस्कृति छैन । पार्टी नेतृत्वलाई च्यालेन्ज गर्न कोही तयार देखिन्न । यसले पार्टी नेतृत्वलाई ‘जंगबहादुर’ बन्न हौस्याइरहेको छ ।