मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ १७ मंगलबार
  • Tuesday, 15 July, 2025
२o७९ माघ १७ मंगलबार १५:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करिब १२ केजी चरेससहित चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १७ मंगलबार १५:३o:oo

करिब १२ केजी लागुऔषध चरेससहित धनगढीबाट प्रहरीले चारजनालाई पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–३ स्थित गौरीशंकर अल्लो कपडा उद्योगबाट ११ किलो नौ सय ग्राम चरेस बरामद गरेको हो।

चरेससहित उक्त उद्योगका सञ्चालक दार्चुलाको नौगाड गाउँपालिका–२ घर भएका नरेन्द्रसिंह धामी, सोही ठाउँका रुकुमसिंह धामी, बझाङको केदारस्यूँ गाउँपालिका–७ का धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक गाउँपालिका–२ घर भई हाल कैलालीको बर्दगोरिया बस्दै आएका धनलाल धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। उद्योगबाट चरेससँगै डिजिटल तराजुसमेत बरामद भएको छ।