१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १९:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकारी अस्पतालका सेवाप्रवाह सुधार गर्न प्रधानमन्त्रीको निर्देशन, स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:२३:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी अस्पतालहरूको सेवाप्रवाहलाई सुधार गर्न निर्देशन दिएका छन्। बिहीबार केन्द्रीय अस्पतालहरूलाई डाकेर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। 

अस्पतालहरूले नागरिकलाई प्रदान गरिरहेको सेवाप्रवाहको स्थिति, अस्पतालको भौतिक एवं कार्य वातावरण, पूर्वाधारको अवस्था, कार्यरत जनशक्तिलगायतका विषयमा प्रधानमन्त्रीले अस्पतालका प्रमुखहरूसँग छलफल गरेका थिए। 

यस विषयमा प्रधानमन्त्री कार्यालयले अनुगमन समिति गठन गरेको थियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती अस्पताल, कान्ति बाल अस्पताल, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्थाबारे बैठकमा छलफल भएको थियो। 

ती अस्पतालबाट प्रदान हुने सेवाको स्तर बढाउन र बिरामीलाई सहज रूपमा सुविधा दिन, चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउन, पेसागत मर्यादा र अनुशासन कायम गर्नेलगायतका समग्र अस्पतालको व्यवस्थापकीय सुधारका लागि तत्काल चाल्नुपर्ने कदमका विषयमा प्रधानमन्त्रीले प्रमुखहरूसँग छलफल गरेका थिए। 

छलफलका क्रममा अस्पतालका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूले अस्पतालले प्रदान गर्ने सेवालाई अझ गुणस्तरीय, सर्वसाधारणमा पहुँच योग्य, प्रविधिमैत्री बनाउन, सरसफाइमा थप ध्यान दिन, सबै उपकरण चालू राखी सेवा विस्तार गर्न, सेवा लिन पर्खनुपर्ने समय घटाउन, जीवनरक्षक औषधिको सहज रूपमा उपलब्ध हुने बनाउन तथा औषधिको गुणस्तर नियमन प्रभावकारी बनाउन, स्वास्थ्य बिमाको सेवा सहज बनाउन तथा यसका लागि आन्तरिक र बाह्य समन्वय प्रभावकारी बनाउन तत्कालै प्रयास गर्ने प्रतिबद्धता जनाए। 

छलफलपछि प्रधानमन्त्री प्रचण्डले अस्पतालको सेवा सुधार गर्न तत्कालै ठोस कार्ययोजना बनाई कार्यान्वयन गर्न र त्यसको सहजीकरण र अनुगमन स्वास्थ्य मन्त्रालयबाट गर्न निर्देशन दिए।
 

ad
ad